निटफेस्टमा आज तीन प्रस्तुति
काठमाडाैं | मंसिर ११, २०७९
काठमाडौं: गत शुक्रबारदेखि चलिरहेको ‘नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव २०७९ (निटफेस्ट २०२२)’ को आज तेस्रो दिन नेपालसहित अमेरिका र रुसको नाटकसहित तीन प्रस्तुति मञ्चन हुँदैछन् ।
भुटान र अमेरिकाको संयुक्त प्रस्तुति क्याटी बेकद्वारा निर्देशित ‘थ्री कन्ट्रीः वन मदर’ र लोक शैलीको नाटक ‘द म्याजिक स्वान–गिज’ मञ्चन हुँदैछन् । अङ्ग्रेजी भाषामा रहेको ‘थ्री कन्ट्रीः वन मदर’ नाटकलाई नीमा बल, क्याटी बेक र बेञ्जामिन रेक्सरोडले संयुक्तरुपमा लेख्नुभएको हो । यो प्रयोगात्मक र एकल नाटक हो ।
यो नाटकले सन् १९९० देखि २००० को बिचमा आफ्नो मातृभूमि भुटानबाट विस्थापित भएपश्चात् शरणार्थीको रुपमा नेपालबाट अमेरिका पुगेका भुटानी–नेपाली–अमेरिकी नागरिकको इतिहास र संस्कृतिबारे बताउन खोजेको छ । नाटक, तामाङ समुदायकी नीमा बलको परिवारको सत्यघटनामा आधारित छ, जुन समुदाय भुटानी–नेपाली आदिवासी जनजाति समुदाय पनि हो ।
कोन्द्रातोएभा क्रिस्टिनाद्वारा लिखित नाटक ‘द म्याजिक स्वान–गिज’लाई सुखोरुकोभा तातियानाले निर्देशन गर्नुभएको हो । नाटकमा सामाजिक दृष्टिकोणबाट एउटी युवतीको कथा उल्लेख छ । आफ्ना मातापिताको अनुपस्थितिमा घरकी सबैभन्दा जेठी सदस्यको रुपमा रहेकी छोरीले आफ्नो स्वतन्त्रताको यात्रामा सानो भाइलाईसमेत बिर्सिएको प्रसङ्ग नाटकमा छ ।
यस्तै, नेपालको तर्फबाट रसिक राजको पर्फमेन्स आर्ट ‘अवशेष’ पनि मञ्चन हुँदैछ । यसमा अन्शु खनाल, प्रभात तिमिल्सिना र सुरज पराजुलीको प्रस्तुति रहनेछ । नाटकसँगै महोत्सवस्थलमा ‘कार्डबोर्ड र थिएटर’ विषयमा कार्यशाला पनि भइरहेको छ ।
शनिबार भारतको कथावाचन शैलीको ‘देस्देमोना रुपकम’ र स्पेन÷इटालीको संयुक्त प्रस्तुति ‘मिस्टर एण्ड मिसेज क्राफ्ट’ मञ्चन भएको थियो । यही मङ्सिर १७ गतेसम्म चल्ने ‘निटफेस्ट २०२२’ मा नेपालसहित भारत, भुटान, श्रीलङ्का, रुस, इटाली, स्पेन, बेलायत, बेलारुस, इजिप्ट, संयुक्त राज्य अमेरिका, उरुग्वे र अर्जेन्टिनाका नाटक समावेश छन् ।
पोखरा । पोखराको फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक १० वर्षीय बालकको ज्यान गएको छ । पोखरा महानगरपालिका–१८ खपौदीका आरेस लामाको बिहीबार बिहान तालमा पौडी खेल्ने क्रममा डुबे...
पोखरा । पोखरामा दोस्रो संस्करणको स्व. बखत बहादुर मेमोरियल ३५ प्लस भेट्रान्स फुटसल प्रतियोगिता सुरु भएको छ । मेजर एफसीको आयोजनामा पोखरा १३ स्थित खेलकुञ्जमा आजदेखि स्व. बखत बहादुर मेमोरियल ३५ प्...
पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सञ्चार क्षेत्रलाई समावेशी, पारदर्शी र व्यावसायिक रूपमा सबल बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् । प्रेस रजिस्ट्रारको का...

